आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम सिंह पटक-पटक दिल्ली गएको भनी हालै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आपत्ति जनाएका छन् ।
नेकपा एमालेले साेहि आपत्तिजनक अभिव्यक्तिप्रति छलफलका लागि बुधबार दिउँसो १.३० बजे संसदीय दलको बैठक बोलाएका छन् ।
‘प्रधानमन्त्रीको अभिव्यक्ति घातक छ। प्रधानमन्त्री प्रचण्डको उक्त अभिव्यक्ति देशको सार्वभौमिकताविरूद्ध भएको भन्दै यसबारे विरोध जनाउन एमालेले संसदीय दलको बैठक बोलाएको एमालेका सचेत महेश बर्तौलाले बताए ।
बर्तौला भन्छन्, ‘प्रधानमन्त्रीजस्तो व्यक्तिले आफूलाई प्रधानमन्त्री बनाउन बाह्य व्यक्ति पटक-पटक दिल्ली गएको भन्ने अभिव्यक्ति दिनुहुन्छ । त्यो आपत्तिजनक छ । त्यो संसदकै पनि अपमान हो । प्रधानमन्त्री दिल्लीले होइन संसदले बनाउने हो ।’
बर्ताौलाले, बैठकमा प्रधानमन्त्रीको अभिव्यक्तिसहित समसामयिक विषयमा छलफल हुने बताए । उनले आजै बस्ने प्रतिनिधिसभाको बैठकमा पनि यो विषयलाई गम्भिरतापूर्वक राख्ने बताए ।