NRN
कलाकारितामा अगाडि बढ्दै त्रिपाठी र अधिकारी

बिश्वब्यापी आर्थिक मन्दी, खस्किदो सिने जगत त्यस माथि पनि नेपाली सिने क्षेत्र आज जुन विषम परिस्थितिबाट गुज्रिन परिरहेको छ त्यसको असर सम्पूर्ण सिने जगतका कलाकर्मी, कारिन्दार, संगीतकार, नृत्यकार, लेखक र अन्य सबै किसिमका एक आपसमा अन्तरसम्बन्ध राख्ने सबै क्षेत्र यसबाट अछुतो छैन ।

यस अनुकुलतामा पनि सर्वसाधारणलाई निरन्तर मनोरंजन दिन आफ्नो लगानी दाउमा लगाउदै यस सिने जगतलाई टिकाइ राख्नुहुने सम्पूर्ण ज्ञात अज्ञात निर्माता ज्यु हरुप्रति हार्दिक आभार ब्यक्त गर्न चाहन्छु आज हामी त्यस्तै २ अनुहारलाई तपाइँ हरु माझ पहिलो पल्ट सार्वजनिक गर्दै छु। जसले बिगत १ दशक देखि निरन्तर विभिन्न सांस्कृतिक चलचित्र, नाटक, छोटो अवधिका फिलिम, म्युसिक भिडिओ, डकुमेन्ट्री लगाएतमा लगानी गर्दै आउनुभएको छ तर अहिले सम्म कुनै पनि मिडियामा आएर आफ्नो नाम अगाडी लेराउन नचाहने यी २ पोखरेली युवालाई नमन छ ।

पोखरा स्थाई बसोबास रहेका प्रकाश त्रिपाठी र दिपक अधिकारी ज्यु जस्तै निर्माता भएर नै नेपाली सिने जगत टिकेको छ हालै मात्र आफ्नो चलचित्रको प्रिमियरको लागि सिंगापुर, थाईल्याण्ड र मलेसिया पुगेर आउनु हुने दिपक अधिकारी भन्नु हुन्छ-‘ लागु औषध दुर्वेशण र युवा पुस्ता जाकिएका यो दलदलको आवाज लिएर नेपाल लगाएत संसार भर यो चेतना पुर्याउने इच्छा उहाँ लगाएत यस चलचित्रमा सह-निर्माता रहनु भएका प्रकाश त्रिपाठीले जानकारी दिनु भयो’ ।  

यस्तै गरी विभिन्न देशमा हुने गरेको फिल्म फेस्टिभलहरुमा भाग लिने पनि उहाँहरुको बिचार रहेको छ। आउदै गरेको २०२३ को Toronto Film Festival मा पनि उहाँहरु International Delegates को रुपमा उपस्थिति जनाउने कुरा उहाँहरु निकट साथीहरुले भनि रहेका छन् ।

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १३:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update