NRN
काजी लिम्बु गोल्डेन इन्टर्नेशनल फिल्म अवार्ड २०२२ बाट सम्मानित

सत कर्मले मानिसलाइ सहि गन्तव्यको मार्गमा डोर्‍याउद्छ ।

रमझम, गौथली, चित्कार, नौडाँडापारी, ग्रहण, समर्पण, अहङ्कार जस्ता चलचित्रमा सहायक, मुख्य सहायक निर्देशन, हाउसफुल, फनफनी, घुषपुरण, जस्ता टेली चलचित्रको लेखन निर्देशन, बिभिन्न टि.भि. कार्यक्रमको ( रियलिटी ) को निर्देशन गर्दै आउनु भएको काजी लिम्बु गोल्डेन इन्टर्नेशनल फिल्म अवार्ड २०२२ बाट सम्मानित हुनु भएको छ ।

गोल्डेन इन्टर्नेशनल फिल्म प्राली द्वारा आयोजित पहिलो गोल्डेन इनटर्नेशनल फिल्म अवार्ड तथा सम्मन समारोह 2022 को अवसरमा उहालाई समारोहका प्रमुख अतिथी बसुन्धारा भुसाल,भुवन चन्द, चैत्य देवी सिङ्ग नेपाल कलाकार संघको अध्यक्ष मोहन निरौला, नेपाल निर्माता संघको उपाध्य्क्ष उदय सुब्बाज्युले सम्मान प्रदान गर्नु भएको हो ।

बिगत २ दशक देखि निरन्तर चलचित्र कर्मलाइ आफ्नो मुल पेशा बनाउदै आउनु भएको लिम्बु चलचित्र क्षेत्रमा सम्भावना बोकेको युवा लेखक तथा निर्देशक हुन कार्यक्रममा सौगात मल्ल, रुबिना थापा, मिलन नेवार, शिव पारीयर, राजनराज सिवाकोटी, सुदर्सन थापा, पुरुशोत्तम प्रधान, सम्पदा मल्ल, मिथिला शर्मा लगायत का कलाकर्मीहरु बिभिन्न बिधामा समानित भएका थिए ।

 

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १३:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update