NRN
यस्ताे छ विदेशी मुद्राकाे विनिमय दर

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो दिन अर्थात् बुधबारकाे तुलनामा ३३ पैसा बढेर बिहीबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ २७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ८७ पैसा तोकिएको छ भने बिहीबार अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ ४५ पैसा र बिक्रीमा ८७ रुपैयाँ ८५ पैसा र क्यानेडियन डलर एकको खरिदमा भने ९८ रुपैयाँ ७५ पैसा र बिक्रीमा ९९ रुपैयाँ २० पैसामा काराेबार भइरहेकाे छ।

त्यसैगरी, युरोपियन युरो एकको खरिदमा भने १४२ रुपैयाँ ८० पैसा र बिक्रीमा १४३ रुपैयाँ ४५ पैसा तोकिएको छ। 

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६६ रुपैयाँ ७० पैसा र बिक्रीदर १६७ रुपैयाँ ४६ पैसा पाइन्छ ।

यस्तै, राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ र बिक्रीदर ३५ रुपैयाँ १६ पैसा तोकेको छ भने कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ०२ पैसा र बिक्रीमा ३६ रुपैयाँ १९ पैसा पाइन्छ।

 

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  १०:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update