बलात्कारको घटना जोडिएपछि एलओडीका साहुविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडाैंकाे ठमेलस्थित चर्चित नाइट क्लब लर्ड अफ ड्रिंक्स (एलओडी)का साहुविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।कम्पनी रजिस्ट्रार कार्यालयमा कम्पनी सञ्चालकहरू रुदिलबल्लव श्रेष्ठ र राजुसिंह सुवालको नाममा भएकाले उनीहरूविरूद्ध पुर्जी जारी भएको हो।
गत जेठ ३१ गते बुधबार राति ललितपुरको बागडोलमा १६ वर्षीया नाबालिगको बलात्कार भएको थियो। त्यसको भोलिपल्टै नाबालिगले प्रहरीलाई जानकारी दिएपछि आरोपी पोखराका ५० वर्षीय सुदन कोइराला पक्राउ परेका थिए।उनी बागडोलमा एक प्राइभेट कम्पनी चलाएर बसेका थिए।
नाबालिगलाई क्लबमा प्रवेश दिँदा बलात्कार भएको भन्दै परिसरले सञ्चालकहरूविरूद्ध पनि पक्राउ पुर्जी जारी गरेको हो।
प्रहरीले यस घटनामा अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित मिति: बिहीबार, असार २१, २०८० १२:४५
प्रतिक्रिया दिनुहोस्