NRN
अभिनेता सारूक ताम्राकारको निधन

कलाकार सारूक ताम्राकारको निधन भएको छ । उनी गएराति काठमाडौंको रातोपुलस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । उनी झुण्डिनुको कारण खुल्न सकेको छैन । ३१ वर्षीय ताम्राकार घरको भर्‍याङको रेलिङमा प्लास्टिकको पाइपको पासो लगाइ झुण्डिएको अवस्थामा मृत  अबस्थामा भेटिएका थिए ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ । सारुक पुराना र बरिष्ठ कलाकार सानु ताम्राकारका छोरा हुन्। सारुकले ‘इन्टु मिन्टु लण्डनमा, मेरी मामु, रानी’ लगायतका चलचित्रमा अभिनय गरेका छन्। पछिल्लो समय सारूक ‘ ह्यासट्याग माया’ नामक चलचित्रको काममा ब्यस्त थिए । बिहिबार मात पनि उनले त्यो चलचित्रको छायांकन गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  ०८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update