१६ वर्षीया नाबालिग बलात्कार घटनामा ठमेलको लर्ड अफ ड्रिंक्स (एलओडी) का अर्का सञ्चालक रुदिल बल्लव श्रेष्ठ पनि पक्राउ परेका छन्।
आज बिहान ९:३० बजे कुपन्डोलबाट श्रेष्ठ पक्राउ गरिएको ललितपुर जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी शिद्धिविक्रम शाहले जानकारी दिए । नाबालिगको बलात्कार भएपछि प्रहरीले एलओडी क्लबलाई कारबाहीको दायरामा ल्याउनुपर्ने भन्दै दुई सञ्चालकविरूद्ध जिल्ला अदालत ललितपुरबाट पक्राउ अनुमति लिएको हो।
नाबालिका बलात्कार घटनामा उनीहरूविरूद्ध असार १३ गते पक्राउ पुर्जी जारी भएको थियो।
एलओडीमा जेठ ३१ गते छिरेकी एक बालिका सोही दिन सानेपामा बलात्कृत भएको पाइएपछि प्रहरीले एलओडीका सञ्चालकलाई कारबाहीको दायरामा ल्याएको हो। कागजमा दुई जना मात्र सन्चालक भएपनि एलओडीका सेयर होल्डर एक दर्जनभन्दा बढी रहेको बताइन्छ।