नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता पक्षको चुनौती स्वीकार गर्ने बताएका छन् ।
शुक्रबार स्ववियू काउन्सिलको बैठकमा एमाले अध्यक्ष ओलीले सत्ता पक्षले वार्ता सम्वाद गर्नुको साटो संसदमा सामना गर्छौं भनेको बताए ।
त्यसबारे ओली भन्छन् ,‘दिल्लीले हामीकहाँ कोही आएको भनेको छैन। प्रितम सिंहले पत्रकार सम्मेलन गरिगरि भन्नुहुन्छ म प्रचण्डलाई प्रधानमन्त्री बनाउँन दिल्ली गएको होइन, गएको छैन । उहाँले किन भन्नुहुन्छ तर म गएको छैन । प्रितम सिंहलाई पनि बेकार मुछ्नुभयो । भारतले नेपालमा सरकार बनाउँछु अहिलेसम्म भनेको छैन। दिल्लीले भन्दैन तर, नेपालको प्रधानमन्त्री भनिरहेका छन् । संसदले सरकार बनाउँने दिल्ली बनाउँछ ।'
‘मेरा लागि पनि मान्छेहरु दौडिरहेका थिए । राष्ट्रियता र देशको सार्वभौम सत्तामाथि मजाक उडाइएको छ । हामीले राजीनामा माग गर्यौं । संविधान र संसदको अपमान भयो । सार्वभौम सत्ताको मजाक उडाइयो अति भयो भनेर । यो कुरा मामुली कुरा होइन । ‘हिजो बिहान गठबन्धनको बैठक बस्यो र उनीहरूले मसल देखाएर आह्वान गरे पार्लियामेन्टमै भेटौंला आऊ’ उनले भने, ‘अब प्रतिपक्षले त के गर्ने ? भेटौंला भनेपछि ठीक छ ।’
‘अब प्रतिपक्षले भेट्न त परिहाल्यो । उहाँले के का लागि सामना गर्छौ भनेका हो । उहाँले वार्ता गछौं समस्याको समाधान गछौं भन्नुभएन । उहाँहरुले सामना गछौं भन्नुभएको छ । प्रतिपक्षको तर्फबाट म मसिनो स्वरमा भन्न चाहन्छु सत्तापक्ष पार्लामेन्टमा मात्रै होइन । जहाँ भन्छ त्यही तयार छौं । जहाँ भन्छ त्यही। स्पट तोकेर बोलाए हुन्छ ।'