कोशी मन्त्रिपरिषद्मा थप तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले थप तीन जनालाई मन्त्री नियुक्त गरेका छन् ।
विवादकाबीच मुख्यमन्त्री बनेका थापाले माओवादीका दुई र कांग्रेसका एक जनालाई मन्त्री नियुक्त गरेका हुन् ।आइतबार नियुक्त भएका मन्त्रीहरूमा माओवादीका दुई जना जीवन आचार्य, राजेन्द्र कार्की र कांग्रेसका एक जना रामकुमार खत्रीले आजै प्रदेश प्रमुख परशुराम खापुङबाट पद तथा गोपनियताको सपथ लिएका छन्।
मुख्यमन्त्री थापाले आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी दिएका छन् भने अन्य दुई जना मन्त्रीहरू विनाविभागिय रहेका छन् ।
यसअघि शुक्रबार नियुक्त भएका मन्त्रीहरू कांग्रेसका प्रदीप सुनुवार र एकीकृत समाजवादीका कमल जवेगुले पनि मन्त्रालयको जिम्मेवारी पाएका छैनन् ।
प्रकाशित मिति: आइतबार, असार २४, २०८० ११:५२
प्रतिक्रिया दिनुहोस्