एमालेको अवरोधका कारण राष्ट्रिय सभाको आइतबारको बैठक पनि स्थगित
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण राष्ट्रिय सभाको आजको बैठक स्थगित भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वाधिनताविरुद्ध पटक–पटक धावा बोलेको आरोप राजीनामा नआएसम्म बैठक चल्न नदिने न्यौपानेले बताइन् उनले यति भनेपछि एमालेका सांसदहरु आफ्नो स्थानबाट उठे ।
अध्यक्ष तिमिल्सिनाले यथास्थानमा बस्न र बैठक सन्चालनको वातावरण बनाउन आग्रह गरे पनि एमालेका सांसदहरुले नमानेपछि अध्यक्ष तिमिल्सिनाले असार २५ गते साेमबार बिहान ११ बजेर १ मिनेटसम्मका लागि बैठक स्थगित गरेका हुन् ।
असार २५ गतेको बैठकमा विनियोजन विधेयकमाथि छलफल हुने र २६ गते सम्बन्धित मन्त्रीहरुले जवाफ दिने कार्यसूची रहेको जानकारी उनले गराए ।
प्रकाशित मिति: आइतबार, असार २४, २०८० १२:३०
प्रतिक्रिया दिनुहोस्