NRN
दक्ष जनशक्ति उत्पादनका लागि एनआरएनएले विभिन्न सीपमुलुक कार्यक्रम सञ्चालन गर्ने

- राजन घिमिरे

गैर आबासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको व्यवसायिक शिक्षा कमिटीले नेपालमा दक्ष जनशक्ति उत्पादनका लागि विभिन्न सीपमुलुक कार्यक्रम सञ्चालन गर्ने भएको छ । संयोजक एवं अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपमहासचिव गणेश केसीले हाल विश्वभरि बढ्दो दक्ष जनशक्तिको माग पूरा गर्न सीपमुलक कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारेको जानकारी दिए ।

दक्ष र सीपयुक्त जनशक्ति उत्पादनका लागि कमिटीले तीनै तहका सरकार केन्द्र, प्रदेश सरकार र स्थानीय निकायहरुसँग समेत समन्वय गरी आवश्यक कार्यहरु अघि बढाउने केसीले बताए । कार्यक्रममा अष्ट्रेलियाका यूबा पिजे श्रेष्ठले अन्तर्राष्ट्रिय श्रम बजारमा बढ्दो दक्ष जनशक्तिको माग सम्बोधन गर्न र नेपालबाट जाने कामका लागि विभिन्न देशमा जाने नेपालीले सीपको अभावमै दुख पाउनुपर्ने अवस्था अन्त्यका लागि कमिटीले सुरु गर्न लागेको कार्यक्रम उपयोगी र महत्वपूर्ण हुने बताए ।

कुकरी बेकरी, बारिस्टा, फ्रन्ट अफिस, बार टेण्डिङ्ग, हाउस किपिङ, एज केयरिङ्ग, बुचरी, मोटर मेकानिक्स, स्पा, हेयर डे«सिङ, ब्युटिसियन, इलेक्ट्रोनिक्स गुङस रिपेरिङ, इलेक्ट्रोसियन जस्ता सीपमुलक एवं प्राविधिक तालिम दिने व्यवस्था गर्ने र दक्ष जनशक्ति उत्पादनमा जोड दिने, उच्च दक्ष जनशक्ति उत्पादन गरी रोजगारीको अवसरलाई बढावा दिने लगायतका योजना कमिटीले अघि सारेको छ ।

नेपालको नियम कानून अनुसार सम्बन्धित निकायहरुबाट स्वीकृति र कलेज तथा विश्व विद्यालयको सम्बन्धन समेत लिएर कार्यक्रम छिट्टै सुरु गर्ने संयोजक गणेश केसीले बताए ।

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १९:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update