नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशि मुद्रा विनिमय दर सार्वजनिक गरेको छ ।साेहि सार्वजनिक गरेको विनिमय दर अनुसार सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ।
नेपाल राष्ट्र बैंकले अनुसार आइतबार एकको खरिददर १३२ रुपैयाँ ०९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६९ पैसामा कारोबार भएको अमेरिकी डलर आज पनि सोही मूल्यमा काराेबार भइरहेकाे छ।
आइतबारको तुलनामा ६५ पैसा बढेर सोमबार अष्ट्रेलियन डलर एकको खरिदमा भने ८८ रुपैयाँ ३६ पैसा र बिक्रीमा ८८ रुपैयाँ ७६ पैसा पाइन्छ भने क्यानेडियन डलर एकको खरिदमा आज ९९ रुपैयाँ ५२ पैसा र बिक्रीमा ९९ रुपैयाँ ९७ पैसा तोकिएको छ।
आइतबार युरो एकको खरिदमा भने १४३ रुपैयाँ ७३ पैसा र बिक्रीमा १४४ रुपैयाँ ३९ पैसा कायम गरिएको युरोपियन युरो आइतबारको तुलनामा १ रुपैयाँ १६ पैसा बढेर एकको खरिददर १४४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५५ पैसामा काराेबार भइरहेकाे छ।
त्यसैगरी, पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १६९ रुपैयाँ ५८ पैसा र बिक्रीमा १७० रुपैयाँ ३५ पैसा पाइन्छ।
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ २१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३७ पैसा तोकेको छ भने कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ २५ पैसा र बिक्रीमा ३६ रुपैयाँ ४१ पैसा पाइन्छ।