NRN
इमर्जिङ कप खेल्न जाने नेपाली क्रिकेट टोलीकाे विदाई

श्रीलंका एसिसी इमर्जिङ टिम्स एसिया कपमा सहभागी हुन जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सोमबार विहान नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ ।

सोमबार काठमाडौंमा  युवा तथा खेलकुदमन्त्री डिग बहादुर लिम्बु र  क्यान अध्यक्ष चतुरबहादुर चन्द लगायतकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेका हुन् ।

नेपाली टिमका अलराउन्डर आरिफ शेखले पारिवारिक कारणले नाम फिर्ता लिइ नखेल्ने भएकाले क्यानले आजै आरिफ शेखको स्थानमा अलराउन्डर पवन सर्राफलाई समावेश गरेको छ ।

नेपाली टाेलीले श्रीलंकामा आयोजना हुन लागेको एसीसी इमर्जिङ टिम्स एसिया कप २०२३  खेल्नेछ ।  

एसियाली क्रिकेट काउन्सिल (एसिसी) ले प्रकाशन गरेको खेल तालिका अनुसार प्रतियोगितामा नेपालले पहिलो खेलमा पाकिस्तानको ‘ए’ टिमसँग असार २९ मा प्रतिस्पर्धा गर्नेछ भने नेपालले दोस्रो खेल भारतको ‘ए’ टिमसँग साउन १ मा र युएईको ‘ए’ टिमसँग नेपालको खेल  साउन ३ मा हुनेछ।

दुई समूहका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन्। प्रतियोगिताको फाइनल साउन ७ मा हुनेछ। 

यसअघि टिममा ज्ञानेन्द्र मल्ल र करण केसीलाई पनि आराम दिइएको थियो। सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी क्याडनामा हुने ग्लोबल टी-२० खेल्न जाने भएका कारण टिममा छैनन्।

समूह ए  

श्रीलंका ए, बंगलादेश ए, अफगानिस्तान ए, ओमान ए

समूह बी 

पाकिस्तान ए, भारत ए, नेपाल, युएई ए

नेपाली टिम

रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, कुशल मल्ल, पवन सर्राफ, गुल्सन झा, सोमपाल कामी, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी, किशोर महतो, देव खनाल, श्याम ढकाल, सूर्य तामाङ र सन्दीप जोरा। 

 

 

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  ११:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update