तीन शीर्ष नेताहरू आजपनि संसदको अवरोध हटाउनेबारे छलफल गर्दै
संघीय संसद्को अवरोध खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित तीन शीर्ष नेताहरू छलफल गर्दैछन् ।
प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सोमबार दिउँसो सिंहदरबारमा छलफल हुन लागेको हो।
प्रमुख दलका शीर्ष नेताहरूबीच आइतबार पनि छलफल भएको थियो। सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डले स्पष्टीकरण दिने र एमाले अवरोध हटाउन तयार हुने सहमति भएको थियो तर एमालेले पछि संसद खोल्न सहमति नरहेको भनेपछि प्रतिनिधिसभाको बैठक सोमबारसम्मका लागि स्थगित गरिएको थियो ।
प्रतिनिधि सभाको बैठक दिउँसो ३ बजेलाई बोलाइएको र उक्त बैठकमा साेहि अभिव्यक्तिबारे प्रधानमन्त्रीले स्पष्टीकरण दिने तयारी गरिरहेको उनको सचिवालयले जानकारी दियो।
प्रकाशित मिति: सोमबार, असार २५, २०८० १३:१७
प्रतिक्रिया दिनुहोस्