NRN
तीन शीर्ष दलको छलफल सकियाे , ओली भन्छन्–पार्लियामेन्टमा थाहा हुन्छ

प्रमुख तीन शीर्ष दलको छलफल लगत्तै नेकपा एमाले संसदीय दलको बैठक सुरू गर्ने भएको छ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा छलफल भएको थियो।

बैठकमा के सहमति भयो भन्नेबारे नेताहरुले बताइसकेका छैनन् तर प्रचण्डको सचिवालयले सदनको अवरोध खुल्ने सहमति भएको बताएको छ । एमाले अध्यक्ष ओलीले भने पार्लियामेन्टमा थाहा हुने भन्दै बैठकबाट बाहिरिएका थिए।

प्रचण्डको सचिवालयले सदनमा ‘एमालेले उठाएको विषयमा प्रधानमन्त्रीले चित्तबुझ्दो जवाफ दिने बताएका छन्।’ 

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १४:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update