NRN
नेपाली महिला राष्ट्रिय फुटबल टोली आज बङ्गलादेश प्रस्थान गर्दै

नेपाली महिला राष्ट्रिय फुटबल टोली नेपाल बङ्गलादेशबीच हुने मैत्रीपूर्ण खेलमा सहभागी हुनका लागि आज बङ्गलादेश प्रस्थान गर्दै छ ।  उक्त खेलमा सहभागी हुने टाेली भने शुक्रबार मुख्य प्रशिक्षक अनन्तराज थापाले घोषणा गरेका हुन्।

बङ्गलादेशमा हुने मैत्रीपूर्ण खेलमा नेपालले बङ्गलादेशसँग पहिलो खेल असार २८ गते र दोस्रो खेल असार ३१ गते खेल्दै छ । 

नेपाली महिला फुटबल टोली 

गोलकिपर – एन्जिला तुम्बापोा सुब्बा, अन्जना राना मगर, उषा नाथ
डिफेन्डर – अमृता जैसी, गिता राना, हिराकुमारी भुजेल, पुजा राना, विमला विक, निशा थोकर, समिक्षा घिमिरे, अञ्जली  वाइवा
मिडफिल्डर – रेनुका नगरकोटे, सरु लिम्बु विमला चौधरी, अनिता बस्नेत, प्रिति राई, दीपा शाही
फरवार्ड – सावित्रा भण्डारी, अनिता केसी, सविता राना मगर, रश्मीकुमारी घिसिङ, अमिषा कार्की, रेखा पौडेल
प्रशिक्षक – अनन्त राज थाप (मुख्य प्रशिक्षक), पारस चौधरी (सहायक प्रशिक्षक), सुरजकुमार लामा (गोलकिपर प्रशिक्षक)

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update