NRN
काठमाडौंका लागि सोलुबाट उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्क विहीन

सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको नाइनएनए-एमभी कलसाइनको हेलिकप्टर सम्पर्क  विहीन भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले केही समय चालकसँग सम्पर्क भएपनि हेलिकप्टर सवा १० बजेदेखि सम्पर्कविहीन भएको बताए ।

हेलिकप्टरका एक नेपाली पाइलट र पाँच जना विदेशी नागरिक सहित ६ जना यात्रु रहेको बताइएको छ । उक्त हेलिकप्टर कतै ल्याण्ड भएर पनि सम्पर्क गर्न नसकिएको हुन सक्ने उनको भनाइ छ । 

भाइबरमा बीचमा एकपटक सम्पर्क भएपनि अहिले पुन: हेलिकप्टर सम्पर्कविहीन भएको मनाङ एयरले जनाएको छ ।

अहिलेसम्म त्रिभुवन विमानस्थलमा अवतरण गर्नुपर्ने भएपनि हेलिकप्टर सम्पर्कमा नआए पछि अहिले स्याटेलाइट माध्यमबाट सम्पर्कको प्रयास भइरहेको एक कर्मचारीले बताए । 

 

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  ११:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update