मनाङ एयरको सम्पर्कविहीन हेलिकप्टर खोज्न काठमाडौँबाट अल्टिच्युड एयरको हेलिकप्टर पठाइँदै
मनाङ एयरको हराइरहेको हेलिकप्टरको खोजीमा काठमाडौंबाट अल्टिच्युड एयरको हेलिकप्टर पठाइने भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ताका अनुसार सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका–२ स्थित लमजुरा डाँडाबाट सम्पर्क विहीन भएको मनाङ एयरको हेलिकप्टर लमजुराआसपासको क्षेत्रमा केन्द्रित गरी हेलिकप्टर खोजीमा पठाउन लागिएको छ ।
मनाङ एयरको एनएलए–एमभी हेलिकप्टर लुक्लास्थित सुर्केबाट काठमाडौंका लागि उडेपछि सम्पर्कबिहीन भएको थियो । हेलिकप्टरमा ६ जना सवार छन् ।
प्रकाशित मिति: मंगलबार, असार २६, २०८० १२:०६
प्रतिक्रिया दिनुहोस्