NRN
सम्पर्कविहीन भएको मनाङ एयरको हेलिकप्टर दुर्घटना, ५ जनाको मृत्यु

मंगलबार विहानदेखि सम्पर्कविहीन भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । 

सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ‘एनए–एमभी’ कलसाइनको हेलिकप्टर सोलुखुम्बुको लिखु पिके गाउँपालिकास्थित लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ। 

उक्त दुर्घटनामा ५ जनाको मृत्यु भएको छ र एक जनाको अवस्था खुल्न भने सकेको छैन ।

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्तकुमार भट्टराईले हेलिकप्टरमा सवार ५ जनाको शव भेटिएको बताए । एक जनाको अवस्था भने अज्ञात रहेको उनले बताए । हेलिकप्टरमा आगो लागेका कारण मृतकको पहिचान खुलेको छैन । बेपत्ताको खोजी गरिरहेका छन् ।

लाम्जुरामा भएको दुर्घटना स्थल ३६ सय ३४ मिटरको उचाइमा रहेको छ । मनाङ एयरको हेलिकप्टरमा ५ जना मेक्सिकन यात्रु सवार थिए ।

 

 

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १२:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update