NRN
कागेश्वरीमा एक विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्ष घुससहित पक्राउ

१६ हजार रुपैयाँ घुससहित काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका- १ स्थित सिद्धि गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्ष पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शिक्षक छनोट प्रक्रियामा घुस लिएको आरोपमा प्रधानाध्यापक बुद्धिविलास रिजाल र व्यवस्थापन समिति अध्यक्ष रामकुमार थापालाई नियन्त्रणमा लिएको हो ।

 

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १५:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update