प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको उपचारको क्रममा निधन भएको छ।
उनको आज बिहान नर्भिक अस्पतालमा ८ बजेर ३३ मिनेटमा निधन भएको हो प्रधानमन्त्री प्रचण्डका निजी चिकित्सक प्रा. डा. युवराज शर्माले जानकारी दिए ।
पार्किन्सन जस्तो देखिने ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ नामक एक प्रकारको जटिल रोगले लामो समयदेखि सताएको थियो । यसले मानिसको स्नायु प्रणालीमा असर गर्छ । रोगका कारण उनी हिँडडुल गर्न पनि असमर्थ थिइन् । यसअघि सीताको उपचार भारत, सिंगापुरलगायतका देशमा पनि गरिएको थियो ।
प्रधानमन्त्री पत्नी सीता दाहालको शरीरमा अक्सिजनको मात्रा घटेपछि उपचारका लागि उनलाई बुधबार बिहान अस्पताल पुर्याइएको थियो। अस्पतालले उनलाई मृत घोषणा गरेको हो।
उनकाे पार्थिव शरीर बिहान ११ बजेदेखि १ बजेसम्म पार्टी कार्यालयमा पेरिसडाँडामा राखिने प्रधानमन्त्री प्रचण्डको सचिवालयले बताएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको आजै दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने सचिवालयले बताएको छ।