नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारदेखि मंगलबारसम्म स्थिर रहेकाे सुन-चाँदीकाे मूल्य बुधबार नेपाली बजारमा बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारसम्म प्रतितोला एक लाख ११ हजार तीन सय रुपैयाँमा काराेबार भएको छापावाल सुन बुधबार प्रतितोला तीन सय रुपैयाँ बढेर एक लाख ११ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ भने मंगलबारसम्म प्रतितोला एक लाख १० हजार सात सय ५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज प्रतितोला एक लाख ११ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबारसम्म प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदीकाे मूल्य प्रतितोला पाँच रुपैयाँ बढेर बुधबार एक हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी, आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ३९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।