NRN
भेटघाट अब गैह्री धारामा पनि

‘चितवनको खसीको तास’का कारण लोकप्रिय बनेको में भेटघाट रेष्टुरेन्टको नयाँ शाखा राजधानीको नक्सालस्थित गैह्री धारामा पनि सञ्चालनमा आएको छ ।

सोमबार उक्त शाखाको शुभारम्भ गरिएको हो । यसलाई महेश तिवारीले सन्चालनमा लाएका हुन ।नयाँ शाखा एक करोड ५० लाख रुपियाँ लगानीमा सञ्चालनमा ल्याइएको हो भने गैरीधारा शाखामा १५ जनाले रोजगारी पनि पाएका छन् ।

चितवनको नारायणगढमा २०४४ मा सुरु भएको भेटघाट रेष्टुरेन्टको राजधानीको अनामनगरमा पनि शाखा छ । यसैबीच गैरीधारा शाखाले स्थापनाको अवसरमा एक महिनासम्म परिकारहरुमा २० प्रतिशत छुट अफर पनि दिएको छ ।

उनले आर्थिक मन्दीका कारण धेरै रेष्टुरेन्ट व्यवसाय शिथिल बन्दै गए पनि आफूहरुले भेटघाट रेष्टुरेन्टलाई सफल बनाउन लागिपरेको बताउँदै यसको लोकप्रियताको कारण उपभोक्ताको बढ्दो विश्वास भएको सन्चालक तिवारीले दाबी गरेका छन्। उनले यो वर्षभित्र भेटघाटको थप तीन स्थानमा शाखा विस्तार गर्ने आफूहरुको योजना रहेको बताएका छन ।

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  १२:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update