NRN
नेपाली बजारमा बिहीबार पनि बढ्याे सुन–चाँदीको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा बिहीबार सुन–चाँदीको मूल्य बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ११ हजार छ सय रुपैयाँमा काराेबार भएकाे छापावाल सुन आज अघिल्लो दिनको तुलनामा प्रतितोला आठ सय रुपैयाँ बढेर एक लाख १२ हजार चार सय रुपैयाँ र बुधबार प्रतितोला एक लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज प्रतितोला एक लाख ११ हजार आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। 

महासंघका अनुसार बिहीबार चाँदीको मूल्य पनि बढेको छ।

बुधबार चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भएको चाँदी आज अघिल्लो दिनको तुलनामा प्रतितोला ४० रुपैयाँ बढेर प्रतितोला १४ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ५७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  ११:००
प्रतिक्रिया दिनुहोस्
Weather Update