NRN
नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज बंगलादेशसँग खेल्दै

आज बिहिबार बंगलादेशसँग नेपाली महिला राष्ट्रिय फुटबल टिमले मैत्रीपूर्ण खेल खेल्दैछ।

नेपाली समयअनुसार बंगलादेशमा हुने खेल साँझ ५;१५ मा हुनेछ। 

नेपाली राष्ट्रिय टिम अहिले एसियन गेम्सको तयारीमा छ। चीनमा सेप्टेम्बर-अक्टोबरमा हुने एसियन गेम्सको तयारीका लागि नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो। 

नेपाल र बंगलादेशबीच गत वर्षको साफ च्याम्पियनसिपपछि पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। 

नेपाली महिला राष्ट्रिय फुटबल टिम

गोलकिपर

अन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ

डिफेन्डर 

अमृता जैशी, गीता राना, हिरा कुमारी भुजेल, पूजा राना, विमला विक, निशा थोकर, समीक्षा घिमिरे, अन्जली वाइबा

मिडफिल्डर

 रेनुका नगरकोटी, सरु लिम्बु, विमला चौधरी, अनिता बस्नेत, प्रीति राई, दीपा शाही

फरवार्ड

सावित्रा भण्डारी, अनिता केसी, सबिता राना मगर, रश्मी कुमारी घिसिङ, अमिषा कार्की, रेखा पौडेल

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  ११:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update