मन्त्री महतो : बजेटमा हरियाली प्रवर्द्धन कार्यक्रमलाई प्राथमिकता दिइएको छ
वन तथा वातावरण मन्त्री वीरेन्द्रप्रसाद महतोले आर्थिक वर्ष २०८०/८१ को बजेटमा हरियाली प्रवर्द्धनका कार्यक्रमहरुलाई प्राथमिकता दिइएको बताउनुभएको छ ।
बिहीबार राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री महतोले आर्थिक वर्ष २०८०/८१ को बजेटमा हरियाली प्रवर्द्धनका कार्यक्रमलाई प्राथमिकता दिइएको बताउनुभएको हो । मन्त्रीले त्यसका लागि वृक्षारोपण, विरुवा उत्पादन, शहरी वन, हरियाली पार्कका कार्यक्रमहरु तीनै तहका सरकार र सरोकारवालाहरुको सहभागितामा कार्यान्वयनमा ल्याइने बताउनुभयो ।
प्रकाशित मिति: बिहीबार, असार २८, २०८० ११:५९
प्रतिक्रिया दिनुहोस्