NRN
पत्नी शोकमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को औपचारिक कार्यक्रम तीन दिनका लागि स्थगित

पत्नी शोकमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को औपचारिक कार्यक्रम तीन दिनका लागि स्थगित गरिएको छ ।

बुधबार पत्नी सीताको निधन भएपछि शोकमा परेका प्रधानमन्त्री प्रचण्डले असार ३० गतेसम्म कुनैपनि सरकारी, राजनीतिक तथा कुटनीतिक छलफल र भेटघाटमा सहभागी हुने छैनन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने ‘तीन दिनलाई सबै औपचारिक कार्यक्रम स्थगित गरिएको छ’ र याे तीन दिन प्रधानमन्त्रीज्यू सिंहदरबार पनि जानुहुनेछैन।' 

समवेदना  प्रकट गर्न आउने शुभेच्छुकहरूले असार २९ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि  बेलुका ६ बजेसम्म बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेट्न सक्ने उनको सचिवालयले जानकारी दिएको छ।

 

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १२:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update