हुम्लाको कालिका केन्द्रविन्दु भएर गयाे भूकम्प
आज बिहान हुम्लाको कालिका आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ११ बजेर १७ मिनेट जाँदा हुम्लाको कालिका आसपास केन्द्रविन्दु भएर ४.६ रेक्टरस्केलको भूकम्प गएको हो।
यसअघि गत असार २५ गते सिन्धुपाल्चोकको बाह्रबिसे आसपास केन्द्रविन्दु भएर ३.८ रेक्टरस्केलको भूकम्प गएको थियो।
पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली र पहाडी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ।
नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रूपमा लिने गरिन्छ।
प्रकाशित मिति: बिहीबार, असार २८, २०८० १३:४०
प्रतिक्रिया दिनुहोस्