NRN
यस्तो छ शुक्रबारको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ०२ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६२ पैसा कायम गरिएको छ। 

अष्ट्रेलियन डलर एकको खरिदमा आज ८९ रूपैयाँ ८७ पैसा र बिक्रीमा ९० रूपैयाँ २८ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा ९९ रूपैयाँ ६३ पैसा र बिक्रीमा १०० रूपैयाँ ०८ पैसामा काराेबार भइरहेकाे छ । 

त्यसैगरी, शुक्रबार बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७१ रूपैयाँ २५ पैसा र बिक्रीदर १७२ रूपैयाँ ०३ पैसा पाइन्छ। युरोपियन युरो एकको खरिदमा १४६ रूपैयाँ ३७ पैसा र बिक्रीमा १४७ रूपैयाँ ०४ पैसामा काराेबार भइरहेकाे छ ।

यस्तै, राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रूपैयाँ ९२ पैसा र बिक्रीदर ३५ रूपैयाँ ०८ पैसा तोकेको छ भने कतारी रियाल एकको खरिदमा ३५ रूपैयाँ ९४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ११ पैसा पाइन्छ। 

त्यसैगरी, शुक्रबार कुवेती दिनार एकको खरिदमा ४२७ रूपैयाँ ६७ पैसा र बिक्रीमा ४२९ रूपैयाँ ६३ पैसा पाइन्छ। आज बहराइन दिनार एकको खरिददर ३४७ रूपैयाँ ५८ पैसा र बिक्रीदर ३४९ रूपैयाँ १८ पैसा तोकिएको छ।

 

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update