परराष्ट्रमन्त्री एनपी साउद बैंकक जाँदै
परराष्ट्रमन्त्री एनपी साउद आज थाइल्यान्ड जाने भएका छन् ।
बिमस्टेक परराष्ट्र मन्त्रीहरूको रिट्रिटमा सहभागी हुनका लागि मन्त्री साउदको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल आज बैंककतर्फ प्रस्थान गर्न लागेको हो । बिम्स्टेक स्थापनाको २५ वर्ष पुगेको अवसरमा रिट्रिट बैठकको आयोजना गरिएको हो । बैठकमा बिम्स्टेकका सदस्य नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका, थाइल्यान्ड र म्यानमारका विदेशमन्त्री सहभागी हुनेछन् ।
मन्त्री साउद आइतबार दिउँसो साढे १ बजे थाई स्माइल एयरवेजमार्फत बैंकक प्रस्थान गर्नेछन ।
परराष्ट्रमन्त्री साउँदको सचिवालयका अनुसार उनी साउन २ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।
प्रकाशित मिति: आइतबार, असार ३१, २०८० १०:५०
प्रतिक्रिया दिनुहोस्