NRN
नेपाल बंगलादेशविरुद्ध दोस्रो मैत्रीपूर्ण फुटबल खेल्दै

नेपाली राष्ट्रिय महिला फुटबल टिम आज बंगलादेशविरुद्ध दोस्रो मैत्रीपूर्ण फुटबलका लागि मैदानमा उत्रिँदै छ ।

एसियन गेम्सको तयारीका लागि दुई मैत्रीपूर्ण फुटबल खेल्न नेपाली टिम बंगलादेश पुगेको हो । पहिलो खेलमा नेपाली टिम बंगलादेशसँग १–१ को बराबरीमा रोकिएको थियो । बंगलादेशसँगको पहिलो खेलमा बराबरी खेलेको नेपाली महिला फुटबल टोलीले आज जित हासिल गर्ने लक्ष्यका साथ मैदानमा उत्रदैँछ ।

बंगलादेशको ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तोफा कमल रंगशालामा नेपाली समयानुसार बेलुका ५ः१५ बजे खेल सुरु हुनेछ ।

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  ११:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update