एमालेद्धारा संसदीय र प्रचार विभागमा सदस्य मनोनित
नेकपा एमालेले केन्द्रीय विभागहरुमा सदस्य मनोनयन गरेको छ । एमालेको केन्द्रीय सचिवालयकाे शनिबार बैठकले प्रचार तथा प्रकाशन विभाग र संसदीय विभागमा सदस्यहरु थप गरेको हो ।
एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङ प्रमुख रहेको संसदीय विभागमा पदम गीरी, महेश बर्तौला, भैरवसुन्दर श्रेष्ठ र बिमला पौड्याल राईलाई मनोनयन गरेको छ ।
त्यसैगरी सांसदहरु ज्वाला साह, विद्या भट्टराई, भगवती चौधरी, सुनिता बराल, तारा लामा र लिला श्रेष्ठलाई समेत विभागको सदस्यमा मनोनयन गरिएको छ ।
प्रचार तथा प्रकाशन विभागमा लिलाराज भट्टराई, लालबाबु शेख, हेमन्त पौडेल र एम.विष्ट मनोनित भएका छन् । त्यसैगरी सूर्यमणी गौतम, गणेश पाण्डे, दिपक ज्ञवाली, शेरबहादुर केसी, रामकृष्ण ज्ञवाली र राजेश राईलाई पनि विभागमा मनोनयन गरिएको छ ।
प्रकाशित मिति: आइतबार, असार ३१, २०८० १३:३१
प्रतिक्रिया दिनुहोस्