NRN
बैंकिङ कसुरमा एमाले नेता तथा पूर्व कृषिमन्त्री यादव पक्राउ

लुम्बिनी प्रदेशका पूर्वभूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजयबहादुर यादव पक्राउ परेका छन् ।

गत माघ १० मा रुपन्देहीको सियारी गाउँपालिका–१ का उमाशंकर यादवका नाममा दिएको १२ लाख २८ हजार रुपैयाँको बैंक अफ काठमाडौंको चेक बाउन्स भएपछि पूर्व मन्त्री यादवमाथि मुद्दा दर्ता भएको थियो । बैंकिङ कसूर मुद्दा दर्तापछि यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

साेहि मुद्दामा बाँके प्रहरीले एमाले नेता तथा पूर्व प्रदेश कृषि मन्त्री यादवलाई आइतवार बाँकेको डूडुवा गाउँपालिका–१ होलियाबाट पक्राउ गरेको हो । 

लुम्बिनी प्रदेशसभामा बाँकेको प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’बाट निर्वाचित उनी लुम्बिनी प्रदेश सरकारका पूर्वभूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रहेका थिए। पार्टीको निर्देशन विपरीत सरकारमा सहभागी भएको भन्दै जसपाले उनलाई कारबाही गरेको थियो। पार्टी कारबाहीमा परेपछि प्रदेशसभा सदस्य पद खोसिएका उनी एमाले नेता शंकर पोखरेल नेतृत्वको सरकारमा मन्त्री बनेका थिए।

 

 

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १०:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update