NRN
एनआरएनए बेल्जिमयको अध्यक्षमा सीता सापकोटा

  - राजन घिमिरे 

गैर आवासीय नेपाली संघ बेल्जियमको अध्यक्षमा सीता सापकोटा विजयी भएकी छन् । जम्मा खसेको २०७६ मत मध्ये सापकोटाले १११२ मत प्राप्त गरेकी थिइन ।

आदर्श नारी गृहको संस्थापक अध्यक्ष समेत रहेकी सापकोटा बिद्यार्थी जीवन देखी नै सामाजिक तथा राजनीतिकमा सक्रिय थिइन् । उनी जनसम्पर्क समिति बेल्जियमकी पूर्वसभापति हुन् ।

कार्यसमितिको उपाध्यक्षमा कासी दनई, लोकेन्द्र नेपाल (पुष्प), महिला उपाध्यक्षमा सावित्री गिरी, युवाउपाध्यक्षमा रुवु श्रेष्ठ बस्नेत, जनजाति उपाध्यक्षमा इन्दीरा चाम्लिङ राई निर्विरोध भए ।

उपमहासचिवमा राजेन्द्र कार्की, सचिवमा रमेश दाहाल, ईश्वरा शर्मा, संजयदेव श्रेष्ठ, महिला सचिवमा जमुना शर्मा, कोषाध्यक्षमा अजित तुलाचन, सहकोषाध्यक्षमा डा. राजु श्रीवास्तव, महिला संयोजकमा शारदा घिताल, महिला उपसंयोजकमा शरु श्रेष्ठ गुरुङ्ग, युवासंयोजकमा सुदिप चौधरी, अन्तरपेन संयोजक चित्र गुरुङ्ग, लुभेन संयोजक सुरज खरेल, ब्रुज संयोजक देवी कुमारी शर्मा (लक्ष्मी) निर्विरोध भए ।

कार्यसमिति सदस्यहरुमा सूर्य प्रसाद सापकोटा, रोशन गौतम, दिपीका केसी, विनोद शाही, निता सुब्वा, रस्मी निरौला, जानु नेपाल, विक्की मल्ल, सरोज आचार्य, रमेश सापकोटा निर्विरोध निर्वाचित भएका छन् ।

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  ११:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update