नेपाल राष्ट्र बैंकले साउनकाे पहिलाे दिन अर्थात् सोमबारकाे विनिमय दर सार्वजनिक गरेको छ।
नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार एकको खरिददर १३१ रुपैयाँ १७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७७ पैसामा कारोबार भएको अमेरिकी डलर आज पनि सोही मूल्यमा काराेबार भइरहेकाे छ।
यस्तै, सोमबार अष्ट्रेलियन डलर एकको खरिदमा भने ८९ रुपैयाँ ७१ पैसा र बिक्रीमा ९० रुपैयाँ १२ पैसा पाइन्छ भने क्यानेडियन डलर एकको खरिदमा आज ९९ रुपैयाँ २५ पैसा र बिक्रीमा ९९ रुपैयाँ ७० पैसा तोकिएको छ।
आइतबार युरो एकको खरिदमा १४७ रुपैयाँ १९ पैसा र बिक्रीमा १४७ रुपैयाँ ८६ पैसा कायम गरिएको युरोपियन युरो आइतबारको तुलनामा आज युरो १० पैसा बढेर १४७ रुपैयाँ २९ पैसा र बिक्रीदर १४७ रुपैयाँ ९६ पैसामा काराेबार भइरहेकाे छ।
त्यसैगरी, पाउण्ड स्टर्लिङ एकको खरिदमा १७१ रुपैयाँ ७१ पैसा र बिक्रीमा १७२ रुपैयाँ ५० पैसा पाइन्छ।
यस्तै, सोमबार युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ७१ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८८ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा सोमबार २८ रुपैयाँ ९८ पैसा र बिक्रीमा २९ रुपैयाँ ११ पैसा पाइन्छ।
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३५ रुपैयाँ १३ पैसा तोकेको छ भने कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ९९ पैसा र बिक्रीमा ३६ रुपैयाँ १५ पैसा पाइन्छ।
सोमबार कुवेती दिनार एकको खरिदमा ४२८ रुपैयाँ ५२ पैसा र बिक्रीमा ४३० रुपैयाँ ४८ पैसा पाइन्छ।
त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३४९ रुपैयाँ ५२ पैसामा काराेबार भइरहेकाे छ।