आजबाट बञ्चरेडाँडामा फोहोर फाल्न स्थानीयको रोक
नुवाकोटको बन्चरे डाँडा ल्यान्डफिल साइटमा स्थानीयले आजदेखि फोहोर फाल्नमा रोक लगाएका छन् ।बञ्चरे डाँडाको ल्याण्डफिल साइटमा फोहोर लिएर जाने गाडीलाई स्थानीयले रोकेका हुन् ।
सरकार र काठमाडौं महानगरपालिकाले सहमति कार्यान्वयन नगरेको भन्दै नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेँसी नगरपालिकाका वासिन्दाले आजदेखि फोहोर विसर्जनमा अवरोध गरेका हुन् । स्थानीयहरुले आफ्ना माग पुरा नभएसम्म फोहोर फाल्न नदिने पनि बताएका छन् ।
ककनी गाउँपालिकाले फोहोर बोकेर बन्चरेडाँडा जाने हरेक सवारी साधनबाट १५ सयसम्म शुल्क लिने निर्णय गरेकोमा ककनी गाउँपालिकाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । सो रिटको पेशी आजलाई तोकिएको छ ।
प्रकाशित मिति: सोमबार, साउन १, २०८० १२:३३
प्रतिक्रिया दिनुहोस्