श्रीलंकामा जारी एसीसी पुरुष इमर्जिङ टिम्स एसिया कपअन्तर्गत आज नेपालले भारतको ‘ए’ टिमसँग खेल्ने भएकाे छ। नेपाल र भारत ‘ए’ बीचको खेल नेपाली समयानुसार दिउँसो सवा २ बजे श्रीलंकाको आर प्रेमदासा रंगशालामा हुनेछ ।
नेपालबाहेक अरु देशका सिनियर टिमले प्रतियोगितामा भाग लिएका छैनन्। नेपालबाहेकका टिमले युवा खेलाडी समेट्दै ‘ए’ टिम बनाएर प्रतियोगितामा सहभागी भएका छन्।
एसियाली क्रिकेट काउन्सिलले एसियाका एसोसिएट टिमलाई एक्सपोजर दिने उद्देश्यले आयोजना गर्ने प्रतियोगितालाई नेपालले एसिया कपको तयारीको रुपमा लिएको छ।
एसिया कप आगामी सेप्टेम्बरमा पाकिस्तान र श्रीलंकामा हुने तय छ। एसिया कपमा नेपालले भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने तालिका छ।
प्रतियोगिताको अन्तिम खेलमा नेपालले युएईको ‘ए’ टिमसँग साउन ३ गते खेल्नेछ। प्रतियोगिताको फाइनल साउन ७ मा हुनेछ।
समूह ए
श्रीलंका ए, बंगलादेश ए, अफगानिस्तान ए, ओमान ए
समूह बी
पाकिस्तान ए, भारत ए, नेपाल, युएई ए
नेपाली टिम
रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, कुशल मल्ल, पवन सर्राफ, गुल्सन झा, सोमपाल कामी, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी, किशोर महतो, देव खनाल, श्याम ढकाल, सूर्य तामाङ र सन्दीप जोरा।