NRN
एलओडीका दुई कर्मचारी पक्राउ

चर्चित नाइट क्लब एलओडी (लर्ड अफ ड्रिंक्स) का दुईजना कर्मचारीलाई काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको छ । म्यानेजर सहदेव स‍ेढाई र काउन्टरमा काम गर्ने सपना ढुंगानालाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीले यसअघि सन्चालकहरु घटना भएको दिन क्लबमा नआएको र उनिहरु लगानीकर्ता मात्र भएकाले सरकारी वकिल कार्यालयले हाजिरी जमानीमा छाडेको बताउँदै प्रत्यक्ष संलग्न देखिएका कर्मचारीलाई नियन्त्रणमा लिइएको बताए ।
प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १५:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update