NRN
डोनाल्ड ट्रम्पको दाबी, आफू राष्ट्रपति भए रुस–युक्रेन युद्ध २४ घण्टामै अन्त्य गर्ने

अमेरिकाका पूर्व राष्ट्रपति तथा सन २०२४ को राष्ट्रपतीय चुनावका रिपब्लिकन  उम्मेदवार डोनाल्ड ट्रम्पले आफू पुनः राष्ट्रपति भएमा रुस युक्रेन युद्ध २४ घण्टामा अन्त्य गर्ने दाबी गरेका छन् । 
आइतबार फक्स टिभीको कार्यक्रम सन्डे मर्निङ फ्युचर्समा मारिया बार्तिरोमोसँगको अन्तरवार्तामा ट्रम्पले आफूले पुटिन र जेलेन्स्की दुवैलाई राम्रोसँग चिनेको भन्दै युद्ध चाँडै अन्त्य गर्ने दाबी गरेका हुन् । 

 ‘म जेलेन्स्कीलाई राम्रोसँग चिन्छु । म पुटिनलाई त अझ राम्रोसँग चिन्छु  र मेरो दुवैसँग ज्यादै राम्रो सम्बन्ध पनि छ । म जेलेन्स्कीलाई अब धेरै होइन, सम्झौता गर भन्छु ।’ उनले अन्तरवार्तामा भनेका छन् म पुटिनलाई तिमी सम्झौता नगर्ने हो भने म उसलाई अझै धेरै दिन्छु । अहिलेसम्म पाएका भन्दा धेरै (हतियार) दिन्छु । यसरी म एकै दिनमा सम्झौता गर्नेछु ।’

ट्रम्पले बाइडेन जस्ता नेताले पुटिन मात्रै होइन फ्रान्सका म्याक्रोन जस्ता स्मार्ट नेताहरुसँग राम्रोसँग डिल गर्न नसक्ने बताएका छन् ।

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १६:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update