NRN
मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री प्रचण्डको  इटली भ्रमण स्वीकृतसँगै गर्याे अरू दुई निर्णय

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आज बसेको मन्त्रिपरिषद बैठकले इटली भ्रमण स्वीकृत गरेको छ ।

संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको मुख्यालय इटलीमा आयोजना हुने ‘युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्ट’ मा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधि मण्डल जान लागेको मन्त्री शरम्माले जानकारी दिनुभयो । युनाइटेड नेसन्स फुड सिस्टम समिट–२०२३ सम्मेलन जुलाई २४,२५ र २६ मा इटालीमा हुने र प्रधानमन्त्री प्रचण्ड साउन ६ गते बेलुका इटली प्रस्थान गरेर एक हप्तापछि फर्किने स्रोतले जनायो । 

संचार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले प्रधामन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले भ्रमण स्वीकृति गरेको जानकारी दिइन् ।

सरकारले कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट दिने निर्णय गरेको छ । बुधबार बिहान बसेको बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा कम्पनी दर्ता पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट तथा परिमार्जन गर्ने सूचना प्रकाशित गर्ने निर्णय गरेको हो ।

साथै मन्त्रिपरिषदले शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको सन्चालक समिति सदस्यमा सोही अस्पतालका डा. रवि मल्ललाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

 

 

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  ११:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update