काठमाडौंको सिनामंगलमा शंकास्पद वस्तु भेटिएको उक्त वस्तु बम नभएको पुष्टि भएको छ।।
सिनामंगलको पुल नजिक रहेको खोटाङ हेलेसी ज्वेलर्सको सटर बाहिर शंकास्पद वस्तु भेबम भनी आशंका गरिएको थियो । यसलगत्तै शंकास्पद वस्तु निष्क्रिय पार्न आए नेपाली सेनाको बम डिस्पोज टोलीले उक्त शंकास्पद वस्तु बम नभएको पुष्टि गर्दै त्यसलाई ‘डिस्पोज’ गरेको हो।
शंकास्पद वस्तु नजिकै हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीको पर्चा पनि भेटिएको थियो।
पर्चामा लेखिएको थियो, ‘खोटाङ हलेसी ज्वेलर्सको साहुजी हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीलाई सपोर्ट गर्नूहोस्। तपाईंको सहयोगले हाम्रो देश र जनताहरूलाई ठूलो प्रगति हुनेछ भन्ने हाम्रो आश हो। यहाँ आरडिएक्स बारुदको बम राखिएको छ। सावधान रहनूहोला। संयोजक सफल।’
शंकास्पद वस्तु डराउने हिसाबले राखिएको हुनसक्ने प्रहरी परिसर, काठमाडौँले जनाएको छ।