नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
बैंकले आज साउन ३ गतेका लागि निर्धारण गरेको दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ९६ पैसा र बिक्री दर १३१ रुपैयाँ ५६ पैसामा काराेबार भइरहेकाे छ ।
अष्ट्रेलियन डलर एकको खरिदमा आज ८९ रुपैयाँ २४ पैसा र बिक्रीमा ८९ रुपैयाँ ६४ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा ९९ रुपैयाँ १८ पैसा र बिक्रीमा ९९ रुपैयाँ ६४ पैसामा पाइन्छ।
यस्तै, युरो एकको खरिद दर १४७ रुपैयाँ ३४ पैसा र बिक्री दर १४८ रुपैयाँ ०१ पैसा रहेको छ भने बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपैयाँ ६९ पैसा र बिक्री दर १७२ रुपैयाँ ४८ पैसा रहेको छ।
यसैगरी, राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ९० पैसा र बिक्रीदर ३५ रुपैयाँ ०६ पैसा तोकेको छ भने बुधबार कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९५ पैसा र बिक्री दर ३६ रुपैयाँ १२ पैसा रहेको जनाएको छ।
बुधबार कुवेती दिनार एकको खरिदमा ४२७ रुपैयाँ ६४ पैसा र बिक्रीमा ४२९ रुपैयाँ ६० पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३४९ रुपैयाँ तोकिएको छ।
युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६५ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८२ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार २८ रुपैयाँ ८३ पैसा र बिक्रीमा २८ रुपैयाँ ९६ पैसा पाइन्छ।