NRN
सुन बरामद प्रकरण : एजेन्टसहित ६ जना पक्राउ

राजस्व अनुसन्धान विभागले झण्डै सय किलो सुन बरामद प्रकरणमा हालसम्म ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक जना एजेन्टसमेत छन्। 

विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार उक्त प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी जारी छ।

एयरपोर्ट भन्सार कार्यालयको गेटबाट सुन बोकेको बा. २ ज २३२४ नम्बरको ट्याक्सीबाट बुधबार साँझ ६ बजे दुई जनालाई नियन्त्रणमा लिइएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा गरेको खोजतलासका क्रममा बुधबार विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको उक्त सुन विभागको टोलीले बरामद गरेको थियो। 

नेपालमा एकै पटक यति धेरै सुन बरामद भएको यो पहिलो घटना भएसँगै सुन हङकङबाट ल्याइएको खुलेको ढुङ्गानाले बताए। 

सुन ओसारपसारमा संलग्न आरोपमा आज बिहानसम्म थप ४ जना पक्राउ गरिएको ढुङ्गानाले बताए ।

राजश्व अनुसन्धान विभागका अनुसार पक्राउ पर्नेमा दोलखा मेलुङ गाउँपालिका-३ घर भई हाल काठमाडौं स्वयम्भू बस्ने ५३ वर्षीय रामकुमार भुजेल, मेलुङ-३ घर भई हाल काठमाडौं साँखु बस्ने २१ वर्षका दीलिप भुजेल, भोजपुर अरुण गाउँपालिका-४ भई हाल बूढानीलकण्ठ बस्ने ४९ वर्षीय हर्कराज राई र भारत घर भई हाल काठमाडौं पानीपोखरी बस्ने भारतीय नागरिक वर्ष ५३ थाप्तेन छिरिङलाई नियन्त्रणमा लिइएकाे र अन्य दुई जना भने भन्सार एजेन्ट र ट्याक्सी चालक छन् । 

 

 

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  ११:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update