NRN
जोख्‍न टक्सार महाशाखा लगियो विमानस्थलबाट बरामद सुन

त्रिभुवन विमानस्थलबाट बरामद भएको सुन थापाथलीस्थित नेपाल राष्ट्र बैंकको टक्सार विभागमा लगिएको छ।  उक्त बरामत सुन जोख्नका लागि टक्सार महाशाखा पठाइएको हो।

राजश्व अनुसन्धान विभागले तस्करीको करिब १०० किलो सुन बरामद गरे पनि सुनको परिमाण एकीन गर्न टक्सार विभाग पठाइएको हो। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लगभग १०० किलो सुन बरामद प्रकरणमा व्यवसायी दीपक मल्होत्राको नाम पनि मुछिएको छ। व्यवसायी मल्होत्राले आज पत्रकार सम्मेलन गरी विमानस्थलबाट बरामद सुन प्रकरणमा आफ्नो संलग्नता नरहेको स्पष्ट पारेका छन् । मल्होत्राले उक्त प्रकरणमा दोषी ठहरिए कानुन बमोजिम सजाय भोग्ने ल बताएका छन्।

हङकङबाट क्याथे प्यासिफिकको उडान हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जाँच पास गरी पठाएको अवैध सुन बरामद भएको छ। जाँचपास गर्ने भन्सारका कर्मचारीलाई निलम्बन गर्न समिति समेत गठन गरिएको छ।

सुन मोटरसाइकलको ब्रेक सु र दाह्री काट्ने रेजरमा लुकाएर ल्याइएको थियो। 
 

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १५:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update