NRN
७३ वृद्ध महिलालाई बसभित्रै बलात्कार गरेको आरोपमा दाङबाट २ जना पक्राउ

दाङको तुलसीपुर बसपार्कमा एक वृद्धामाथि बसभित्रै सामूहिक बलात्कार भएको छ ।

बलात्कारको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–१५ का  ३० वर्षीय पुष्कर रोका र सल्यान कुमाख गाउँपालिका–७ का २० वर्षीय रेशम विक रहेका छन् ।

बिहीबार राति बसपार्कमा पार्किङ गरेर राखिएको ना ४ ख ७८४८ नम्बरको बसभित्र प्युठानकी ७३ वर्षीया वृद्धामाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ ।

उपचारका लागि भन्दै प्युठानबाट दाङ पुगेकी ती वृद्धालाई उनीहरुले बलात्कार गरेका प्रहरीले जनाएको छ। घर जान भन्दै उनी राति बसपार्क पुगेकी थिइन्।

त्यसपछि सहयोग गर्ने बहाना बनाउँदै उनीहरुले बसभित्र वृद्धालाई लगेर बलात्कार गरेको पाइएको डीएसपी मल्लले बताए। आफूमाथि बलात्कार हुँदा वृद्धा चिच्याउन थालेपछि स्थानीयले थाहा पाएर उद्धार गरेका थिए।

प्रहरीका अनुसार वृद्धामाथि बलात्कार भइरहेको सूचना पाएपछि सूचनाको आधारमा पुगेको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  ११:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update