NRN
कति छ आज विदेशी मुद्राको विनिमय दर

नेपाली बजारमा नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

शुक्रबार अमेरिकी डलरको खरिद दर १३० रुपैयाँ ८८ पैसा र बिक्री दर १३१ रुपैयाँ ४८ पैसा रहेको छ।

अष्ट्रेलियन डलर एकको खरिदमा आज ८९ रूपैयाँ ४६ पैसा र बिक्रीमा ८९ रूपैयाँ ४७ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा ९९ रूपैयाँ ७० पैसा र बिक्रीमा १०० रूपैयाँ १५ पैसामा काराेबार भइरहेकाे छ । 

यस्तैगरी, युरोपियन युरो एकको खरिदमा १४६ रूपैयाँ ६२ पैसा र बिक्रीमा १४७ रूपैयाँ ३० पैसा पाइन्छ भने बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ८३ पैसा र बिक्री दर १६९ रुपैयाँ ६० पैसा रहेको छ।

साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रूपैयाँ ८९ पैसा र बिक्रीदर ३५ रूपैयाँ ०५ पैसा तोकेको छ भने कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९३ पैसा र बिक्री दर ३६ रुपैयाँ १० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

शुक्रबार कुवेती दिनार एकको खरिदमा ४२६ रूपैयाँ ८३ पैसा र बिक्रीमा ४२८ रूपैयाँ ७९ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४७ रूपैयाँ २० पैसा र बिक्रीदर ३४८ रूपैयाँ ७९ पैसा तोकिएको छ।

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  ११:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update