NRN
नेपालले एसिया कपको तयारी श्रीलंकामा गर्ने

एसिया कपकाे नेपाली राष्ट्रिय क्रिकेट टिमले श्रीलंकामा विशेष तयारी गर्ने भएको छ । नेपालमा वर्षात्‌मा क्याम्प राखेर ट्रेनिङ दिन पनि असहज हुने भएकाले श्रीलंकामा विशेष तयारी गराउन लागिएको हो।

शुक्रबार नेपाल क्रिकेट संघ (क्यान)ले एक सूचना जारी गर्दै १५ दिनसम्म स्पेशल हाइ-पर्फरमेन्स क्याम्प श्रीलंकामा संचालन गरी विशेष तयारी गराउने जनाएको छ। क्यानले  ‘खेलाडीहरूलाई अनुभवी प्रशिक्षक तथा स्पोर्टस् स्टाफबाट प्रशिक्षित पनि गराइनेछ,’ उल्लेख गरेको छ ।

उक्त क्याम्पमा नेपाली टोलीले ४ अभ्यास खेल खेल्ने बताइएको छ।एसिया कप क्रिकेट आगामी अगस्ट ३० देखि पाकिस्तान र श्रीलंकामा हुँदैछ। नेपालले पहिलो खेल घरेलु टोली पाकिस्तानसँग अगस्ट ३० मै खेल्दैछ। भारतसँग भने श्रीलंकामा सेप्टेम्बर ४ मा खेल्दैछ।

विश्व क्रिकेटकै दुई बलिया राष्ट्र भारत र पाकिस्तानसँगै नेपाल समूह 'ए' मा छ ।श्रीलंका, बंगलादेश र अफगानिस्तान समूह 'बी' मा छन् । 

दुवै समूहका शीर्ष २ टोली सुपर चारमा प्रवेश गर्नेछन्। सुपर चारमा हरेक टिमले अर्को टिमसँग खेल्नेछ र शीर्ष २ टिमले फाइनल खेल्नेछन् ।

अहिले श्रीलंकामै रहेको नेपाली टोली १५ दिन ट्रेनिङ सकाएपछि मात्रै नेपाल फर्किने भएको छ। 

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update