बिहीबार हालसम्मकै उच्च भएको सुनको मूल्य शुक्रबार ८०० रुपैयाँले घट्यो
शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। बिहीबार हालसम्मकै उच्च भएको सुन शुक्रबार तोलामा ८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बिहीबार छापावाल सुन प्रतितोला १ लाख १३ हजार ६०० र तेजाबी सुन प्रतितोला १ लाख १३ हजार ५० रुपैयाँमा काराेबार भएर हालसम्मकै उच्च दरको रेकर्ड राखेको सुन शुक्रबार प्रतितोला १ लाख १२ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १२ हजार २५० रुपैयाँ कायम भएको छ।
शुक्रबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४८० रुपैयाँ कायम भएको छ। यसअघि बिहीबार चाँदी प्रतितोला १ हजार ४९५ रुपैयाँमा किनबेच भएको थियो।
प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८० १२:४७
प्रतिक्रिया दिनुहोस्