NRN
सिन्धुलीमा कार दुर्घटना हुँदा चार जना भारतीय नागरिकको मृत्यु
सिन्धुलीमा कार दुर्घटना हुँदा चार जना भारतीय नागरिकको मृत्यु बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–३ गढीगेट नजिक कार दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ। प्रहरीका अनुसार ज्यान गुमाउनेमा चारै जना भारतीय नागरिक भएको बताइएको छ । दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् ।
१६ वर्षीया किशोरीले गरिन् आत्मदाह प्रयास
१६ वर्षीया किशोरीले गरिन् आत्मदाह प्रयास एक किशोरीले आत्मदाहको प्रयास गरेकी छन्  । जिल्लाको थुलुङ दूधकोशी गाउँपालिका-५ जुबुकी १६ वर्षीया सकुन्तला तामाङले आइतबार राति खुम्बु पासाङल्हामु गाउँपालिका-२ लुक्लामा आफ्नै शरीरमा आगो लगाई आत्मदाहको प्रयास गरेकी हुन् ।
सरकारी टोली र मिटर ब्याज पीडित बिच आज पनि बार्ता
सरकारी टोली र मिटर ब्याज पीडित बिच आज पनि बार्ता मिटरब्याज पीडित र गृह मन्त्रालयका प्रतिनिधिबीच आज पुनः बार्ता हुने भएको छ । गृह मन्त्रालयका सह सचिव प्रदिप कोइरालाको नेतृत्वको सरकारी बार्ता टोली र मिटरब्याज विरुद्ध किसान–मजदुर संघर्ष समिति बिच मंगलबार पनि बार्ता हुन लागेको हो ।
भक्तपुरमा आजदेखि बिस्काः जात्रा
भक्तपुरमा आजदेखि बिस्काः जात्रा आठ रात नौ दिनसम्म भव्यरुपमा मनाइने भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्रा आज बिहानैदेखि सुरु भएको छ । तौमढीस्थित भैरवको रथमा पूजा गर्न बिहानैदेखि घुइँचो लागेको छ ।
माेटरसाइकल दुर्घटनामा छोरीको मृत्यु, बुबा घाइते
माेटरसाइकल दुर्घटनामा छोरीको मृत्यु, बुबा घाइते सप्तरीको खडक नगरपालिका–७ कल्याणपुर बजारमा गए राति मोटरसाइल दुर्घटना हुँदा छोरीको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् ।
बालेन शाहले भने, 'सिंहदरबारको फोहोर लहडमा नउठाएकाे हाेइन, बाध्य भइएकाे हाे'
बालेन शाहले भने, 'सिंहदरबारको फोहोर लहडमा नउठाएकाे हाेइन, बाध्य भइएकाे हाे' काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबारको फोहोर लहडमा नभई नउठाएको नभई बाराम्बरको प्रयास असफल भए पछि सो निर्णय लिनु परेको बताएका छन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेको तस्विर सार्वजनिक गर्दै मेयर शाहले बाध्य भएर सो कदम उठाउनु परेकोसमेत जनाएका छन । 
सन्दिप लामिछाने बिरुद्धको मुद्धाको सुनवाई आज
सन्दिप लामिछाने बिरुद्धको मुद्धाको सुनवाई आज नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाई आइतबार हुँदैछ । जिल्ला अदालत काठमाडौंले लामिछाने बिरूझकाे बलात्कारको जारी मुद्दाको पेसी आइतवारका लागि तोकिएको हो ।
बलात्कारको आरोपमा ओखलढुंगामा ६० बर्षिया बृद्ध पक्राउ
बलात्कारको आरोपमा ओखलढुंगामा ६० बर्षिया बृद्ध पक्राउ जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले  ६० वर्षीय वृद्धलाई पक्राउ गरेको छ । जबरजस्ती करणी गरेको आरोपमा मानेभन्ज्याङ गाउँपालिका–२ का ६० बर्षिया गोपाल कटुवाललाई प्रहरीले पक्राउ गरेको हो । 
बिज्ञापन क्षेत्रलाई उद्योगका रुपमा स्थापित गर्नु पर्छ : मन्त्री रिजाल
बिज्ञापन क्षेत्रलाई उद्योगका रुपमा स्थापित गर्नु पर्छ : मन्त्री रिजाल उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले नेपाली उद्योग तथा व्यवसाय क्षेत्रलाई मजबुत बनाए मुलुकको अर्थतन्त्र बलियो हुने पनि बताएका छन् । राष्ट्रिय बिज्ञापन संघ “नान”को प्रारम्भिक साधारणसभा तथा अधिवेशनको उद्घाटन सम्बोधन गर्दै मन्त्री रिजालले यी कुरा बताएका हुन ।
आज माैसम सफा रहने
आज माैसम सफा रहने आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली हुने छ । बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहने छ ।
पोखरीमा डुबेर किशोरको मृत्यु
पोखरीमा डुबेर किशोरको मृत्यु सर्लाहीको ईश्वरपुरमा पौडी खेल्ने क्रममा एक किशोरको मृत्यु भएको छ। ज्यान गुमाउनेमा ईश्वरपुर नगरपालिका–३ भक्तिपुरका बलिराम बरहीका १५ वर्षीय छोरा भुवन रहेका छन्। उनको स्थानीय पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो।
Weather Update