NRN
भारतबाट घर फर्किनेहरू कोरोनाको उच्च जोखिममा
भारतबाट घर फर्किनेहरू कोरोनाको उच्च जोखिममा पछिल्लो समय नेपालमा कोरोना संक्रमण बढ्दै गएको छ। पछिल्लो दुई सातायता नेपालमा कोरोना संक्रमितको संख्या नियमित बढिरहेको हो।
नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट संक्रमणकाे पुष्टि
नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट संक्रमणकाे पुष्टि नेपालमा काेराेनाभाइरसकाे ओमिक्रोनको नयाँ भेरियन्ट ‘एक्सबीबी १.१६’ पुष्टि भएको छ । छिमेकी देश भारतमा फैलिएको नयाँ भेरियन्ट नेपालमा पनि पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
बृद्धको हत्या आरोपमा रामेछापमा ४ जना पक्राउ
बृद्धको हत्या आरोपमा रामेछापमा ४ जना पक्राउ एक वृद्धको हत्या गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, रामेछापका अनुसार गोकुलगंगा गाउँपालिका–४ बेतालीका ८४ वर्षीय सम्शेरबहादुर थापामगरको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा ४ जनलाई पक्राउ गरिएको हो ।
प्रधानमन्त्रीले गरे राष्ट्रपतिको स्वास्थ्यलाभको कामना
प्रधानमन्त्रीले गरे राष्ट्रपतिको स्वास्थ्यलाभको कामना प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन्।
काेराेना संक्रमण बढदै, एकै दिन  ३४ जना संक्रमित
काेराेना संक्रमण बढदै, एकै दिन ३४ जना संक्रमित नेपालमा पछिल्लो २४ घण्टामा थप ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज थपिएका सँगै देशभर सक्रिय संक्रमितको संख्या १०३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
राष्ट्रपतिद्वारा मच्छिन्द्रनाथको दर्शन 
राष्ट्रपतिद्वारा मच्छिन्द्रनाथको दर्शन  राष्ट्रपति रामचन्द्र पौडेलले असनमा हिजाे राति ९ बजे मच्छिन्द्रनाथको रथको दर्शन गरी प्रसाद ग्रहण गरेका छन् । सेतो मच्छिन्द्रनाथको रथ तानेर असन ल्याइएको राति राष्ट्राध्यक्षले असनमै पुगेर पूजा एवं दर्शन गरी प्रसाद ग्रहण गरेका हुन् ।  
नाबालिक बलात्कार आरोपमा भारतीय नागरिक पक्राउ
नाबालिक बलात्कार आरोपमा भारतीय नागरिक पक्राउ नाबालिक बलात्कारको आरोपमा प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–१३ मा घर भाडामा बस्दै आएका भारतीय नागरिकले गत चैत्र १० गते ७ वर्षकी एक नाबालिकलाई ललाईफकाई बलात्कार गरेको उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो ।
ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प
ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर गए राति ११ बजेर ४१ मिनेट जाँदा चार दशमलव छ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्पको धक्का पूर्वका विभिन्न जिल्लामा महसुस गरिएको थियो । 
मोटरसाइकल दुर्घटनामा श्रीमान–श्रीमतीको मृत्यु, छोरी घाइते
मोटरसाइकल दुर्घटनामा श्रीमान–श्रीमतीको मृत्यु, छोरी घाइते ललितपुरको महांकालमा भएको मोटरसाइकल दुर्घटनामा एक दम्पतीको मृत्यु भएको छ ।  महांकाल गाउँपालिका–१ बुखेल रातोपहिरोमा मंगलबार बा ३९ प ४८९९ नम्बरको मोटरसाइकल दुर्घटनामा ३५ वर्षीय विष्णुप्रसाद फुँयाल र उनकी ३४ वर्षीया श्रीमती सृजना फुँयालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सञ्चार माध्यमका विषयवस्तु माथि विश्वसनियता कायम राख्नु पर्ने
सञ्चार माध्यमका विषयवस्तु माथि विश्वसनियता कायम राख्नु पर्ने नेपाल पत्रकार महासंघ, पत्रकारिता तथा आमसञ्चार प्राज्ञिक समन्वय विभागको आयोजनामा बद्लिदो परिस्थिति र सञ्चारमाध्यका विषयवस्तुका सन्दर्भमा ‘आजको पत्रकारिता ः अबको पत्रकारिता’ विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 
चैते दसैँमा गण्डकीमा सार्वजनिक बिदा
चैते दसैँमा गण्डकीमा सार्वजनिक बिदा गण्डकी प्रदेश सरकारले चैते दसैँ पर्वका अवसरमा यही चैत १५ गते बुधबार  सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले मन्त्रिपरिषद्को विसं २०७८ चैत १८ गतेको निर्णयअनुसार सार्वजनिक बिदा दिइएको जनाएको छ । 
एकैदिन १६ जनामा कोरोना संक्रमण
एकैदिन १६ जनामा कोरोना संक्रमण नेपालमा पछिल्लो २४ घण्टामा १६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ९२१ नमुना परीक्षणमा १६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । 
Weather Update